आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली राजनीतिमा गठबन्धनको च्याम्पटी कसले घुमाउँछ ?

सोमबार, १४ असार २०७८, १६ : ११
सोमबार, १४ असार २०७८

वरिष्ठ अधिवक्ता हरिहर दाहालले विपक्षी गठबन्धनले समयमा एक्सन लिन नसक्दा राजनीतिक दुर्घटना बढ्दै गएको बताएका छन् ।  सोमबार विपक्षी ५ दलले विभित्र पेशागत क्षेत्रका बुद्धिजीवीसँग  नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै उनले पहिलो पटक संसद पुनःस्थापना भएपछि  विपक्षी दलले प्रधानमन्त्री हटाउन लाग्नुपर्नेमा अल्मलिँदा राजनीतिक समस्या बढेको बताए ।

माओवादीले सरकारलाई दिएको समर्थन समयमै  फिर्ता नलिनु पनि रहस्यको विषय भएको उल्लेख गर्दै संसद पुनःस्थापना भएको बेला सरकार हटाउन नसक्नु कमजोरी भएको उल्लेख गरे ।  नेपालको राजनीतिमा गठबन्धनहरू परिवर्तन भइरहने बताउँदै नेताहरूलाई पर्दा पछाडिबाट च्याम्पट्टी घुमाए जसरी कसले घुमाउँछ भन्दै प्रश्न गरे । 

उनले विगतका गठबन्धन पनि चिरस्थायी नबनेको बताउँदै अहिले गठबन्धन चिरस्थायी रहने आधार स्पष्ट पार्न आग्रह गरे ।  प्राध्यापक बिजय सिलवालले आउँदो निर्वाचन पछिसम्म यो विपक्षी गठबन्धन कायम राख्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप