शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महान्यायाधिवक्तालाई न्यायाधीशको प्रश्न– धारा ७६ (५)को ग्राउण्ड के हो ?

सोमबार, १४ असार २०७८, १६ : १०
सोमबार, १४ असार २०७८

प्रतिनिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासका न्यायाधीशले संविधानको धारा ७६ (५) को ग्राउण्ड खोजी गरेका छन् ।

महान्यायाधिवक्ता रमेश बडालले बहस गर्दा उनलाई न्यायाधीश ईश्वर खतिवडाले धारा ७६ को उपधारा ५ को ‘ग्राउण्ड’ सोधेका हुन् ।

न्यायाधीश खतिवडाले बडाललाई सोधे, ‘उपधारा (५) मा आधार प्रस्तुत गरेमा भनेको छ, त्यो के हो ? त्यसको ग्राउण्ड के हो ?’

महान्यायाधिवक्ता बडालले जवाफमा धारा ७६ (५) ले दलसँगै स्वतन्त्र सांसद पनि प्रधानमन्त्री दावी गर्न सँगै जानसक्ने बताए ।

गण्डकी प्रदेशको उदाहरण दिँदै बडालले भने, ‘राजीव गुरुङ उपधारा (२) मा गएनन् तर, उपधारा (५) मा गए नि ।’

बडालले उपधारा ५ अनुसार स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दाबी लिएर जान सक्ने व्याख्या गरेका छन् । ‘दलका सदस्य भए दलको पत्र चाहिन्छ दलको सदस्य नभए स्वतन्त्र रुपमा जान सक्छन् भनेको हो,’ इजलासमा उनले भने, ‘दलचाहिँ चाहिन्छ, यो संविधानले निर्दललाई स्थान नै दिएको छैन ।’

धारा ७६ (५) को निर्णय विशुद्ध राष्ट्रपतिले गर्ने जिकिर गर्दै बडालले भने, ‘त्यसमा न्यायालयले हात हाल्न मिल्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप