मिस नेपाल नर्थ अमेरिका : आवेदन समाप्तिसँगै धमाधम अडिसन
मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)का प्रतियोगीहरुको पूर्व परीक्षण (अडिसन) जारी छ । प्रतियोगीहरुको आवेदन अवधि समाप्तिसँगै धमाधम पूर्व परीक्षण भैरहेको आयोजक पक्षले जनाएको हो ।
मिस नेपाल नर्थ अमेरिकाका संस्थापक सभापति शैलेश श्रेष्ठले अन्तिम नामावली पनि छिट्टै सार्वजनिक हुने बताए । प्रतियोगीहरुका लागि आवेदन दिने मिति शुरुमा जुन १५ निर्धारण गरिएपनि पछि जुन २५ सम्म थप गरिएको थियो ।
श्रेष्ठका अनुसार अमेरिकाका विभिन्न राज्यहरुबाट आएका करिब डेढ दर्जन प्रतियोगीहरुको अन्तिम नामावलीमा उनीहरुको संक्षिप्त जानकारी समेत आउने जानकारी दिए । उक्त प्रतियोगिताको लागि करिब ३ दर्जन जति निवेदन परेको थियो ।
मिस नेपाल नर्थ अमेरिकाको लागि चर्चित कार्यकम प्रस्तोता तथा २०१० की मिस नेपाल अर्थ (पृथ्वी) साहना बज्राचार्य कार्यक्रम प्रस्तोता हुने भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतियोगिताको पुरस्कार रकम नदिई भाग्ने दुई जना पक्राउ
-
इन्डोनेशिया बन्यो ब्रिक्सको पूर्ण सदस्य
-
विमानस्थलबाट सुनसहित एक जना पक्राउ
-
२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का
-
केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
-
प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री र सचिवहरू अनुपस्थित