शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मिस नेपाल नर्थ अमेरिका : आवेदन समाप्तिसँगै धमाधम अडिसन

सोमबार, १४ असार २०७८, १५ : ०४
सोमबार, १४ असार २०७८

मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)का प्रतियोगीहरुको पूर्व परीक्षण (अडिसन) जारी छ ।  प्रतियोगीहरुको आवेदन अवधि समाप्तिसँगै धमाधम पूर्व परीक्षण भैरहेको आयोजक पक्षले जनाएको हो । 
मिस नेपाल नर्थ अमेरिकाका संस्थापक सभापति शैलेश श्रेष्ठले अन्तिम नामावली पनि छिट्टै सार्वजनिक हुने बताए । प्रतियोगीहरुका लागि आवेदन दिने मिति शुरुमा जुन १५ निर्धारण गरिएपनि पछि जुन २५ सम्म थप गरिएको थियो ।

श्रेष्ठका अनुसार अमेरिकाका विभिन्न राज्यहरुबाट आएका करिब डेढ दर्जन प्रतियोगीहरुको अन्तिम नामावलीमा उनीहरुको संक्षिप्त जानकारी समेत आउने जानकारी दिए । उक्त प्रतियोगिताको लागि करिब ३ दर्जन जति निवेदन परेको थियो ।

मिस नेपाल नर्थ अमेरिकाको लागि चर्चित कार्यकम प्रस्तोता तथा २०१० की मिस नेपाल अर्थ (पृथ्वी) साहना बज्राचार्य कार्यक्रम प्रस्तोता हुने भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप