शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अब्दुर रहमान थियो शाहरुख खानको वास्तविक नाम, यी चर्चित कलाकारको खास नाम धेरैलाई थाहै छैन

सोमबार, १४ असार २०७८, १४ : ३२
सोमबार, १४ असार २०७८

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले अनुपम खेरलाई दिएको एक अन्तरवार्तामा खुलासा गरेका थिए कि सानोमा उनको नाम अब्दुर रहमान थियो । यो नाम उनको हजुरआमाले राखेकी थिइन् । सानोमा राखिएको नाम उनले कहीँ पनि दर्ता भने गरेका थिएनन् । पछि उनले आफ्नो नाम शाहरुख राखेका थिए ।

शाहरुख मात्र होइन, बलिउडका अन्य थुप्रै कलाकारहरुको वास्तविक नाम फरक रहेको छ ।

अजय देवगन – विशाल देवगन

२ अप्रिल १९६९ मा जन्मिएका अजय देवगनको वस्तविक नाम विशाल वीरु देवगन हो । अजयका पिता वीरु देवगन एक चर्चित द्वन्द्व निर्देशक थिए । अजयले सन् १९९१ मा बलिउडमा इन्ट्री गर्दा नाम बदलेका थिए ।

त्यतिबेला मनोज कुमारका छोरा विशालसहित थुप्रै कलाकार सोही नामले बलिउडमा प्रवेश गरेका थिए । नाम नजुधोस् भनेर उनले आफ्नो नाम बदलेर अजय राखेका थिए ।

अमिताभ बच्चन – इंकलाब बच्चन

बलिउडका महानायक अमिताभ बच्चनकी आमा तेजी बच्चन स्वतन्त्रताको आन्दोलनमा सहभागी भएकी थिइन् र उनी त्यसबाट प्रभावित थिइन् । आन्दोलनमा सहभागी एकले तेजीलाई आफ्नो छोराको नाम इंकलाब राख्न सुझाव दिएका थिए । जब अमिताभको जन्म भयो उनका माता–पिता इंकलाब राख्न सहमत थिए । तर, कवि सुमित्रा नन्दन पन्तले बच्चाको नाम अमिताभ राखिदिइन् । रोचक कुरा अमिताभले सन् १९८४ मा गरेको चलचित्रको नाम इंकलाब थियो ।

शिल्पा शेट्टी–अश्विनी शेट्टी

बलिउड अभिनेत्री शिल्पा शेट्टीको वास्तविक नाम अश्विनी शेट्टी हो । चलचित्रमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन् । उनकी आमा सुनन्दा शेट्टी एक ज्योतिषी हुन् जसले उनको करियरका लागि नाम परिवर्तन गरेकी थिइन् ।

महिमा चौधरी– रितु चौधरी

परदेश, दाग द फायरजस्ता फिल्ममा देखिएकी नायिका महिला चौधरीको वास्तविक नाम रितु चौधरी थियो । उनलाई फिल्ममा आएपछि फिल्म निर्माता सुभाष घइले नयाँ नाम दिएका थिए ।

मल्लिका शेरावतः रीमा लाम्बा

आफ्नो बोल्ड अभिनयले लाखौंको मन जितिसकेकी मल्लिका शेरवातको वास्तविक नाम रीमा लाम्बा हो । नायिकाले आफ्नो परिवारको इच्छा विपरित ग्ल्यामरको क्षेत्रमा कदम राखेकी थिइन् र आफ्नो नाम फेरेर मल्लिका राखिन् । हुन त नायिकाको वास्तविक थर लाम्बा थियो तर उनले यो पनि फेरेर आफ्नी आमाको पुरानो थर अपनाएकी थिइन् । मल्लिकाले रीमा नामका अन्य नायिकाको नाममा भ्रम पैदा हुने डरले नाम फेरेकी थिइन् ।

दिलीप कुमार – मोहम्मद यूसुफ खान

इन्डष्ट्रिमा सबैभन्दा बढी फिल्मफेयर अवार्ड जितेर रेकर्ड राख्ने दिलिप कुमारको वास्तविक नाम मोहम्मद यूसुफ खान थियो । नायकले सन् १९४३ मा मलाडको बम्बे टकिजमा नोकरी सुरु गरेका थिए जहाँ उनको दोस्ती नायिका देविका रानी र अशोक कुमारसँग भएको थियो । देविका रानीले नै मोहम्मद यूसुफलाई दिलीप नाम राख्ने सल्लाह दिँदै सन् १९४४ को फिल्म ज्वारभाटामा कास्ट गरेकी थिइन् । यो दिलीपको डेब्यू फिल्म थियो ।

मधुबाला – बेगम मुमताज जहन दहलावी

एक जमानाकी चर्चित नायिका मधुबालाको वास्तविक नाम बेगम मुमताज जहन दलहावी थियो । उनले सन् १९४२ को फिल्म बसन्तबाट इन्डष्ट्रिमा कदम राखिन् जहाँ उनले नायिका मुमताज शान्तिकी छोरीको भूमिका निभाएकी थिइन् । यो फिल्मपछि उनलाई बेबी मुमताजको नामले पनि बोलाउन थालियो । त्यो जमानाकी चर्चित नायिका देविका रानी यो फिल्ममा नायिकाको अभिनय देखेर निकै प्रभावित भएकी थिइन् र उनले नै बेबी मुमताजलाई मधुबाला नाम दिइन् ।

यी चर्चित हस्तीले पनि फेरे नामः

सलमान खान – अब्दुल राशिद सलिम खान

इरफान खान – साहबजादे इरफान अली खान

तब्बू – तबस्सुन हाशिम खान

मनोज कुमार – हरिकृष्ण गिरी गोस्वामी

संजीव कुमार – हरिभाइ जरिवाला

जोन अब्राहम – फरहान अब्राहम

मिथुन चक्रवर्ती – गोरंग चक्रवर्ती

रेखा – भानुरेखा गणेशन

अक्षय कुमार – राजिव हरिओम भाटिया

राजेश खन्ना – जतिन खन्ना

कियारा आडवाणी – आलिया आडवाणी

देव आनन्द – धर्मेन्द्र देवदत्त पिशोरीमल आनन्द

जोनी लिवर – जोन प्रकासा राव जनुमाला

रजनीकान्त – शिवाजी राव गायकवाड

प्रीति जिन्टा – प्रीतम सिंह जिन्टा

सनी लियोनी – करनजीत कौर वोहरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप