शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘उत्तर कोरियाली नेता किम जोङको घट्दो तौलका कारण जनता चिन्तित’

सोमबार, १४ असार २०७८, १३ : ४९
सोमबार, १४ असार २०७८

हालै उत्तर कोरियाली नेता किम जोङ उनले एक सभामा देखिएका थिए । यो सभामा पुगेका किम जोङ उनको एउटा भिडियो फुटेज निकै चर्चामा छ ।

यो सभाको एउटा भिडियो फुटेजमा उत्तर कोरियाली नेता पहिलाको तुलनामा निकै दुब्ला देखिएका छन् ।

सरकार नियन्त्रित मिडियाले आफ्नो एक खबरमा किमको खस्कँदो तौलका कारण देशका जनता चिन्तित भएको बताएको छ ।

रोयटर्स न्यूज एजेन्सीले उत्तर कोरियाको सरकार नियन्त्रित मिडियालाई उद्धृत गर्दै लेखेको छ, ‘किमको हालैको फुटेज देखिएपछि उत्तर कोरियाका जो कोही मानिस किमको स्वास्थ्यको विषयमा दुःखी छन् ।’

सरकारी मिडियाले यो कुरा प्योंगयाङका एक व्यक्तिसँगको कुराकानीको आधारमा बताएको छ ।

किमको स्वास्थ्यको विषयमा जून महिनामा नै सार्वजनिक बयान आएको थियो । यो बयान विदेशी विश्लेषकको ती टिप्पणी पछि आएको थियो जसमा उनीहरुले किम जोंग उनको स्वास्थ्यको विषयमा टिप्पणी गरेका थिए ।

विश्लेषकले ३७ वर्षका शासकको शारीरिक तौलमा स्पष्ट फरक देखिएको स्पष्ट शब्दमा भनेका छन् ।

सरकारी मिडिया केआरटीले शुक्रबार एक व्यक्तिको अन्तरवार्ता प्रकाशित गरेको थियो । यी व्यक्तिले भने, ‘किम जोंग उनको खस्कँदो स्वास्थ्य देखेर हाम्रो मन दुःखी भएको छ ।’

यद्यपि, किम जोंग उनको जुन भिडियो क्लिप चर्चामा छ, रोयटर्सले त्यसलाई नीजि रुपमा पुष्टि त गरेको छैन तर यसअघि पनि किम जोंग उनको स्वास्थ्यको विषयमा विभिन्न प्रकारको अड्कलबाजी लगाइएको थियो ।

अघिल्लो वर्ष पनि उनको स्वास्थ्यको विषयमा विभिन्न प्रकारको कुरा सार्वजनिक भएको थियो । पछि दक्षिण कोरियाले एक बयान जारी गर्दै उक्त रिपोर्टमा कुनै वास्तविकता नभएको जसमा उत्तर कोरियाका नेता किम जोंग उनको मुटुको शल्यक्रियापछि गम्भीर रुपमा बिरामी छन् भनिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप