बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

सोमबार, १४ असार २०७८, १३ : ०७
सोमबार, १४ असार २०७८

अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् । मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले कोरियोग्राफरमा श्रेष्ठ नियुक्त भएको जानकारी दिए ।

त्यस्तै संस्थाले कार्यक्रमको आधिकारिक परामर्शदातामा २०१८ की ‘मिस नेपाल वल्र्ड’ विजेता शृंखला खतिवडालाई पनि नियुक्त गरेको छ । कार्यक्रम प्रस्तोतामा ‘मिस नेपाल अर्थ २०१०’की विजेता साहना बज्राचार्य छानिएकी छन् । ‘मिस नेपाल युनिभर्स २०१८’की विजेता मनिता देवकोटा भने प्रतियोगीताको प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोगी चयन भएकी छन् ।

अमेरिकाको उतर भेगमा रहने नेपाली युवतीहरुको सहभागीता रहने प्रतियोगीताका करिब डेढ दर्जन प्रतियोगी अहिले प्रशिक्षणमा छन् । सहभागीका लागि प्राप्त तीन दर्जन बढी आवेदन मध्येबाट प्रारम्भिक छनौटमा छानिन सफल प्रतियोगी मात्र प्रशिक्षणमा जुटेका हुन् ।

प्रतियोगिताको विजेता आगामी ७ अगस्त २०२१ मा आयोजना हुने अन्तिम प्रतिस्पर्धाबाट छानिने छ । जसमा शिर्ष सहित उपविजेता समेत घोषणा हुने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप