अमेरिका, क्यानडाका केही इलाकामा भीषण गर्मी, चिसो इलाकामा पनि तापक्रम ४० डिग्री पार
उत्तर पश्चिम अमेरिका र क्यानडाका केही हिस्सामा भयंकर गर्मीको स्थिति छ । यीमध्ये केही इलाका यस्ता छन् जहाँ जाडोयाममा तापक्रम शून्यभन्दा तल झर्ने गर्छ । तर यसपटक अधिकतम तापक्रमको सबै रेकर्ड टुटेको छ ।
यूएस नेशनल वेदर सर्भिस (एनडब्ल्यूएस) ले लगभग पूरा वासिङ्टन र ओरेगन राज्यमा थप गर्मीको चेतावनी जारी गरेको छ ।
यो गर्मीको लहरबाट क्यालिफोर्निया र इडाहोका केही हिस्सा पनि प्रभावित छन् । अमेरिकी राज्य ओरेगनको मुल्नोमाह काउन्टीले ‘घातक गर्मी’ को चेतावनी जारी गरेको छ ।
मानिसहरुलाई गर्मीबाट रातह दिनका लागि केही शहरले कुलिङ सेन्टर खोलेका छन् । यहाँका बासिन्दाले यस्ता भवनमा गर्मीबाट राहत पाउन सक्छन् ।
विशेषज्ञका अनुसार उत्तर–पश्चिमी अमेरिका र क्यानडामा तापक्रम बढ्नुको कारण आकाशमा उच्च दबाबयुक्त क्षेत्रको उपस्थिति हो ।
अचम्मको मौसमको कारण के हो ?
जानकारका अनुसार जलवायु परिवर्तनका कारण चिसो इलाकामा पनि हिटवेभजस्तो स्थिति निम्तिने आशंका बढ्दै गइरहेको छ । यद्यपि, कुनै एक घटनालाई ग्लोबल वार्मिङसँग जोड्नु जटिल काम हो ।
विशेषज्ञका अनुसार जलवायु परिवर्तन जतिजति हुन्छ बाढी, आँधी र लूबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुनेछ ।
अमेरिकाको मौसम विभागका अनुसार यो पूरा इलाकामा सोमबार पनि अत्यधिक गर्मी हुने अनुमान छ ।
मौसम विभागले ‘देशको उत्तर–पश्चिमी कुनाका साथै क्यालिफोर्नियाका केही हिस्सामा अझै थुप्रै दिनसम्म खतरनाक गर्मीको चेतावनी दिएको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि