बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय

सोमबार, १४ असार २०७८, ११ : ४४
सोमबार, १४ असार २०७८

जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । 

सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । 

जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । 

ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप