भाेगाई

महिलाको खतना : ‘मेरो भयो तर छोरीहरुको हुन दिन्नँ’

person explore access_timeअसार १४, २०७८ chat_bubble_outline0

महिलाको खतना इजिप्टमा सन् २००८ मा प्रतिबन्ध लगाइएको थियो तर अहिले पनि यो देशमा खतनाको मामिला संसारकै सबैभन्दा बढी छ ।


चेतावनीः यो लेखमा धेरैलाई विचलित गराउने जानकारी छ ।



रुढिवादी मुसलमानबीच महिलालाई त्यतिबेलासम्म ‘अशुद्ध’ र ‘विवाहका लागि तयार’ मानिँदैन जबसम्म उनको खतना गरिन्छ । यद्यपि, कानूनी रुपमा खतनाको दोषी पाइएका डाक्टरलाई सात वर्षसम्मको सजाय सुनाउन सकिन्छ । यसबाहेक खतनाका लागि माग गर्नेहरुलाई पनि तीन वर्षसम्मको सजाय सुनाउन सकिनेछ ।



लायला ११ वर्षकी थिइन् जब उनको खतना गरियो । तीन दशकपछि पनि उनी त्यो भयावह दिनलाई बिर्सन सक्दिनन् । त्यतिबेला उनको स्कूलको परीक्षा भर्खरै सिद्धिएको थियो ।

उनी भन्छिन्, ‘मैले परीक्षामा निकै राम्रो गरेको थिएँ, नम्बर पनि राम्रो आएको थियो तर मेरो परिवारले बधाइ दिनुको साटो मेरा लागि एकजना महिला ल्याए । उनले कालो कपडा लगाएकी थिइन् । मलाई कोठामा बन्द गरियो र सबैले मलाई घेरे ।’

‘उनीहरुले मलाई समाते र ती महिलाले मेरो शरीरको एउटा हिस्सा काटिदिइन् । मैले बुझ्न सकेकी थिइनँ कि जसलाई मैले प्रेम गर्दथेँ, उनीहरुका लागि मैले के गलत गरेकी थिएँ ? उनीहरु ममाथि थिए र मेरो खुट्टा बेस्सरी समातिरहेका थिए । मलाई दुःख दिइरहेका थिए । मानसिक रुपमा मेरो नर्वस ब्रेकडाउन भएको थियो ।’

महिलाको खतना किन ?

उनकी हजुरआमा र छिमेकीहरु यतिबेला उपस्थित थिए ।

‘म खेल्न र स्वतन्त्र महसुस गर्न चाहन्थेँ तर म राम्रोसँग हिँड्न पनि सकिरहेको थिइनँ । मैले टाङ फाटेर हिँड्नु परिरहेको थियो ।’

जब उनी हुर्किइन् र उनको विवाह भयो त्यसपछि मात्रै उनले यो प्रथा पालना नगरेको दुष्परिणाम के हुन्थ्यो, त्यो बुझिन् ।

लायलाका अनुसार जुन महिलाको खतना हुँदैन, उनीहरुलाई गाउँमा ‘गलत महिला’ ठानिन्छ । जस्तै जसको खतना भएको हुन्छ उनीहरुलाई ‘एक राम्रो महिला’ को दर्जा दिइन्थ्यो ।

उनी भन्छिन्, ‘यसको राम्रो व्यवहारसँग के सम्बन्ध छ ?’

प्लास्टिक सर्जरीः

काहिराको विमन्स सेन्टर फर गायडेन्स एन्ड लिगल अवेयरनेस अर्थात् डब्ल्यूसीजीएलएकी अध्यक्ष तथा मानवाधिकार वकिल रेडा एल्डनबुकीले यो प्रथाको पालना धेरैजसो प्लास्टिक सर्जरीको आडमा गरिने बताएकी छिन् ।

महिलाको तर्फबाट दायर गरिएको तीन हजार मामिलामध्ये थुप्रै डब्ल्यूसीजीएलएले जितेको छ । यीमध्ये ६ मुद्दा खतनासँग जोडिएको छ ।

कानूनमा परिवर्तन गरिएता पनि न्याय पाउन अहिले पनि सहज छैन । कानून खासै कडा छैन ।

एल्डनबुकी भन्छिन्, ‘सन् २०१३ मा एक डाक्टरलाई १३ वर्षकी एक बालिकाको खतना गरेकोमा दोषी पाइएको थियो तर उनलाई तीन महिनाको मात्रै सजाय भयो ।’

एल्डनबुकीका अनुसार महिलाको खतनाको विरुद्ध अभियान चलाएका कारण उनले निकै विरोधको सामना गर्नुपरेको छ ।

‘एक वर्कशपका बेला एक व्यक्तिले ममाथि थुके र मैले युवतीहरुलाई वेश्या बनाइरहेको बताए । जस्तै अमेरिकामा हुन्छ ।’

‘उनले मेरो खुट्टा समातिन्’

३९ वर्षकी जमिलाको खतना त्यतिबेला भएको थियो जब उनी ९ वर्षकी थिइन् ।

उनी भन्छिन्, ‘मेरी आमाले एक महिला र केही छिमेकीलाई घरमा ल्याइन् । उनले सबै तयारी गरिन् र मलाई कोठामा एक्लै छोडिदिइन् ।’

‘उनीहरुले मेरो पाइन्ट खोले, दुबै खुट्टा समाते । ती महिलाको हातमा एउटा सानो ब्लेड थियो र त्यसैले काटिदिइन् । त्यसपछि उनको काम भयो ।’

असहनीय पीडा र मानसिक तनावबाहेक जमिलाका अनुसार यो घटनाले उनलाई पूर्ण रुपमा परिवर्तन गरिदियो ।

उनका अनुसार उनी पहिला असाध्यै बोल्ने गर्थिन् । स्कूलमा बहादुर र स्मार्ट थिइन् । तर यो घटनापछि उनी महिलाबाट टाढा बस्न थालिन् ।

‘मैले ती महिला स्कूल जाने बाटोमा देख्थेँ । त्यो घटनापछि मैले स्कूल जाने बाटो फेरिदिए । मलाई लाग्थ्यो उनले ममाथि बारम्बार त्यस्तै गर्नेछिन् ।’

जमिलालाई आफ्ना श्रीमानसँग यौन सम्बन्ध स्थापित गर्न अहिले पनि पीडा हुन्छ । उनी आफ्नी छोरीहरुमाथि यस्तो नहोस् भन्ने चाहन्छिन् । त्यसैले उनले एल्डनबुकीको लेक्चर पनि सुनिन् ।

‘मलाई लाग्छ कि आफ्ना छोरीहरुलाई यसबाट बचाउनुको पछाडि म नै एउटा मुख्य कारण हुँ । मेरा श्रीमानका परिवारले पनि अन्य छोरीमाथि यस्तो गर्न बन्द गरेका छन् ।’

जमिलाका अनुसार आफ्ना सन्तानको खतना गराउने मानिसहरुको संख्या लगातार घट्दो छ ।

मेरा छोरीहरुमाथि यस्तो हुने छैनः

लायला आफ्नी जेठी छोरीको खतना हुन दिन चाहन्थिनन् तर उनले आफ्ना श्रीमानलाई बुझाउन सकिनन् ।

जब उनकी अर्की छोरीको खतनाको समय आयो तब यो प्रथालाई गैर कानूनी बनाइएको थियो । एल्डनबुकीको लेक्चरले पनि उनलाई निकै हिम्मत दियो  ।

उनलाई थाहा थियो कि उनको समुदायका केही महिलाको यो प्रथाका कारण ज्यान गएको छ ।

उनी भन्छिन्, ‘म आफ्नी छोरीलार्य यो खतरामा किन जान दिउँ ? मलाई सधैं थाहा थियो कि यो गलत हो तर मसँग अरुलाई बुझाउनका लागि तर्क थिएनन् ।’

‘मलाई आफ्नो श्रीमानलाई मात्रै बुझाउनु थिएन, मेरा घरका, मेरा माइतीका सबैलाई बुझाउनु थियो । उनीहरु सबै यसबाट गुज्रिएका थिए । सबैलाई लाग्थ्यो कि म दुनियाँलाई परिवर्तन गर्ने को हुँ ?’

अत्यधिक कोसिसपछि लायला आफ्ना श्रीमानलाई बुझाउन सफल भइन् ।

तर उनलाई आफ्नी जेठी छोरीका लागि अहिले पनि निकै नराम्रो लाग्छ ।

‘उनको अत्यधिक रक्तश्राव भएको थियो, मैले उनलाई यो झेल्नबाट उनलाई बचाउन सकिनँ ।’

बीबीसी

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।