फ्रन्टलाइनमा खटिने पत्रकारलाई काठमाडौं जेसीजले दियो स्वास्थ्य सामाग्री
काठमाडौं । काठमाडौं जेसीजले फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
मिडिया हेल्प फाउन्डेसनमार्फत काठमाडौं जेसीजले पत्रकारका लागि सर्जिकल मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराएको हो । काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जीएलसी अनुप सुनुवार, महासचिव निरोज खतिवडा र उपाध्यक्ष प्रचण्ड भूर्तेलले फाउन्डेसनका संयोजक नकुल अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
फाउन्डेसनले फ्रण्टलाइनमा सक्रिय पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ । काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठले फ्रन्टलाइनमा खटिएर नागरिकलाई सही सूचना र समाचार दिने पत्रकारलाई सहयोग गरिएको बताए ।
काठमाडौं जेसीजले निरन्तर रुपमा विपन्नलाई खाना वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ भने रामेछापसहित विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउँदै आएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल