संसद विघटन मुद्दामा बहस गर्न महान्यायाधिवक्तालाई ३ घण्टा समय
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट सरकार पक्षको बहस सुरु हुँदै छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सुरुवाती बहस गर्नेछन् । बहसका लागि बडाललाई ३ घण्टा समय छुट्याइएको छ ।
‘म ३ घण्टा बहस गर्छु’ महान्यायाधिवक्ता बडालले रातोपाटीसँग भने, ‘म भन्दा पछि अरु सरकारी वकिल साथीहरुले बहस गर्नुहुन्छ ।’
संवैधानिक इजलासले सरकार पक्षलाई तोकेको १५ घण्टा समय मध्येबाट सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीका लागी १ घण्टा छुट्याइएको छ ।
बाँकी १४ घण्टा मध्ये सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले ७ घण्टा बहस गर्नेछन् ।
असार ९ बाट संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन मुद्दामा निरन्तर सुनुवाई भइरहेको छ ।
इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दिपक कुमार कार्की, मीरा खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाले मुद्दाको सुनुवाई गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
-
वैकल्पिक वित्तको कानुन बनाउँदै अर्थ मन्त्रालय, स्रोतको समस्या टार्ने लक्ष्य
-
आशिकी ३ बाट बाहिरिइन् तृप्ति डिमरी, कार्तिक आर्यनसँग कसको बन्ला जोडी ?
-
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको तयारी
-
च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोलीसँग जोडिए पाकिस्तानका पूर्वकप्तान
-
‘जोय मोडल हन्ट नेपाल २०२५’को फाइनलमा ४८ प्रतियोगी भिड्ने