बेलायतमा कोरोना संक्रमण बढ्दै, तेस्रो लहर आउने संकेत

बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १८ हजार भन्दा बढी संक्रमित थपिएका थिए जुन संख्या गत वर्ष फेब्रुअरी यताकै उच्च हो । यसैगरी आज आइतबार सार्वजनिक तथ्याँकअनुसार थप १४ हजार ८७६ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा केहि कम भएपनि समान्यतया वीकेन्डको तथ्याँक वास्तविक भन्दा फरक हुने गर्दछ । पछिल्लो एक सातामा डेल्टा भेरियन्टका कारण संक्रमण दर ४४ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् । बेलायतमा हालसम्म कुल संक्रमितको संख्या ४७ लाख ३२ हजार ४३२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । अघिल्लो दिन २३ जनाको निधन भएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । हालसम्म मृत्यु हुनेको संख्या एक लाख २८ एक सय पुगेको छ ।
संक्रमण दर बढ्न थालेपछि इङ्ग्ल्यान्डमा थप चिन्ता बढेको छ । गत जुन २१ मा लकडाउन पूर्ण रुपमा खोल्ने सरकारको रोडम्याप संक्रमण बढेकै कारण जुलाई १९ सम्मका लागि सारिएको थियो । तर, सरकारले सो मितिभन्दा अगावै लकडाउन खुला गर्ने धारणा सार्वजनिक गर्दै आएको छ । यसबारेमा थप जानकारी भोलि सोमबार सार्वजनिक गरिने बताइएको छ । तर, वैज्ञानिकहरुले भने लकडाउन खुलाउन हतार नगर्न सरकारलाई चेतावनी दिएका छन्।
बेलायतमा ७ करोड ६७ लाखभन्दा बढी खोप वितरण
बेलायतमा ७ करोड ६७ लाखभन्दा बढी डोज खोप वितरण भएको छ । जुन २७ सम्मको तथ्याँकअनुसार यहाँ ६१ दशमलव ६ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८४ दशमलव १ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
पछिल्लो तथ्याँकअनुसार बेलायतमा ७ करोड ६७ लाख ७४ हजार ९९० डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ४३ लाख १४ हजार ७९० जनाले पहिलो र तीन करोड २४ लाख ६० हजार १९१ जनाले दोस्रो डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा