शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद महासंघको पहलमा कोरोना विरुद्धको खोप

आइतबार, १३ असार २०७८, २१ : ४६
आइतबार, १३ असार २०७८

 नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको  खोप लगाइएको छ । 

आइतबार नो कोभिड, नो भिड अभियानअन्तर्गत महासंघको पहलमा २ सय जनालाई खोप प्रदान गरिएको नेकोसका महासचिव मेघराज पौडेलले बताए । खोप लगाउनेमा अधिकांश खेलाडी थिए । 

नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले बताए । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा सम्बन्धितलाई खोप लगाइएको हो ।

यसअघि महासंघले अग्रपंक्तिमा रहेर कार्य सञ्चालन गर्नु पर्ने विभिन्न क्षेत्रलाई स्वस्थ्य सामाग्री प्रदान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप