मालु कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गएराति हातपात भएको छ । राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए ।
गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिड बाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको थियो । बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि आफूमाथि हातपात गरेको डा कार्कीले बताए ।
चार युवाले आफूहरुमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ । अभियुक्त तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मालुका गोपाल तिमिस्सिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र कानुनअनुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते