शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनादेखि वेपत्ता महिलाको हत्या भएको आशंका

आइतबार, १३ असार २०७८, १९ : ५४
आइतबार, १३ असार २०७८

महोत्तरीमा २६ दिनदेखि बेपत्ता एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका ७ स्थित भ्रमरपुराको धान खेतमा माटोमा पुरिएको अवस्थामा महिलाको शव फेला परेको हो । यद्यपि, महोत्तरी प्रहरीले शव सुजिताकै भए/नभएको बारे पुष्टि हुन बाँकी रहेको जानकारी दिएको छ । पिपरा गाउँपालिका माइती रहेकी सुजिताको घर परिवारले भने उनको हत्या भएको आरोप लगाउँदै निवेदन दर्ता गर्न खोजेको थियो । तर प्रहरीले निवेदन दर्ता गरेको थिएन ।

आइतबार खोजतलास गर्दै जाँदा खेतमा एउटा शव फेला पारेको प्रहरीले जनाएको छ । सुजिताका बुवा कामेश्वर पाण्डेयले ससुराली पक्षले छोरीको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।  घटनाका बारेमा अनुसन्धान भैरहेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप