शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना

आइतबार, १३ असार २०७८, १९ : ३१
आइतबार, १३ असार २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठानले मस्तिष्काघात भई उपचाररत पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् ।

नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता काइँला यही असार १० गते उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप