केन्द्रीय गठबन्धनको आडमा सुदूरपश्चिम सरकारलाई जनविरोधी काम गर्ने छुट छैन : नैनसिंह महर
कठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले केन्द्रीय गठबन्धनको आडमा सुदूरपश्चिम प्रदेश सरकारले जनविरोधी कार्य गरेको आरोप लगाएका छन् ।
आइतबार नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलमा सांसदहरुसँगको छलफलमा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका महरले केन्द्रको गठबन्धनको आडमा प्रदेश सरकारले अनियमितता र जनविरोधी कार्य गरिरहे काँग्रेसले काँध नथाप्ने बताए ।
केन्द्रीय तहमा पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादविरुद्ध भए पनि सुदूरपश्चिम सरकारसँग मिलेर काम गर्न काँग्रेसलाई अप्ठ्यारो भइरहेको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो पार्टी निकट प्राइभेट लिमिटेडलाई आगामी आर्थिक वर्षको बजेटमा एक करोडदेखि ५ करोडसम्म रकम छुट्याएको भन्दै उनले सबै मन्त्रालयअन्तर्गत नीतिगत भ्रष्टाचारको थालनी गरेकाले वर्तमान प्रदेश सरकारको औचित्य सकिएको समेत दाबी गरे ।
छलफलमा सहभागी सांसदहरुले केन्द्रको गठबन्धनका कारण प्रदेश सरकारले गरेका काम कारबाहीका बारेमा काँग्रेसका प्रदेशसभा सदस्यहरुले विरोध गर्न नसकेको गुनासो गरे ।
महरले अतिवादी चरित्र भएका कम्युनिष्टका कारण मुलुकको प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको बताए । अतिवादी चरित्र भएका, सत्तालिप्सावादी कम्युनिष्टका कारण नेपाली जनताको बलिदान र ठूलो संघर्षबाट प्राप्त प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान
-
नेपाल र वेष्ट इन्डिज ‘ए’बिचको अन्तिम खेल आज
-
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
-
केकेआरसँग मुम्बइ इन्डियन्स पराजित, इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना लगभग सकियो
-
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता
-
कोशीको किचलो : बजेट निर्माण गर्ने कि सरकार फेरबदल ?