शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णालीमा १८४ जनाले जिते कोरोना

आइतबार, १३ असार २०७८, १९ : ०५
आइतबार, १३ असार २०७८

कर्णाली प्रदेशमा आज एकैदिन थप १८४ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना भाइरसलाई जित्नेहरूको संख्या २५ हजार ४४३ जना रहेको छ । पछिल्लो केही सातादेखि प्रदेशमा संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार झण्डै ९० प्रतिशत संक्रमितहरुले कोरोनालाई जितेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १ हजार १९७ मा झरेको अवस्था छ । यस्तै आज ६३ जना नयाँ संक्रमित थपिएका छन् । ६२ जनामा गरिको आरटी–पीसिआर परीक्षणबाट १८ जनामा कोरोना पुष्टि भएको थियो भने १५८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४५ जनामा कोरोना देखिएको हो । निर्देशनालयका अनुसार पछिल्लो समय आरटी–पीसिआर विधिबाट भन्दा एन्टिजेन विधिबाट गरिने परीक्षणको दायरा बढाइएको छ ।  

आज संक्रमित हुनेमा  रुकुम पश्चिममा सबैभन्दा धेरै २७ जनामा कोरोना देखिएको छ । अन्य जिल्लाको तुलनामा पछिल्लो समय रुकुम पश्चिम, कालिकोट, जुम्ला जिल्लामा कोरोनाका बिरामी बढी देखिने गरेका छन् । यस्तै आज कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ ।  योसँगै मृत्यु हुनेको संख्या प्रदेशमा ३०८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप