शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संस्थान गठन हुन लागेकोमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको स्वागत

आइतबार, १३ असार २०७८, १८ : २९
आइतबार, १३ असार २०७८

सरकारले राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान गठन गरेर त्यसमा भक्तपुर क्यान्सर अस्पताललाई राख्न खोजेपछि कर्मचारीहरुले स्वागत गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सो अध्ययन संस्थान मातहत ल्याउन लागेको प्रति कर्मचारी संगठनले ध्यान आकर्षण भएको जनाएको छ । 

आइतबार भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका शिवराम ध्वुख्वाले एक विज्ञप्ति जारी गर्दै सरकारको सो कदमलाई स्वागत गर्ने उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप