शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा बस चलाउन दिनेबारे छलफल

आइतबार, १३ असार २०७८, ०९ : ००
आइतबार, १३ असार २०७८

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ । यसबारे के गर्ने भन्नेबारे सोमबार बिहान निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘निषेधाज्ञालाई कुन स्वरुपमा लैजानेबारे ब्यापक छलफल भएको छ । केही परिवर्तन गर्नेगरी छलफल भइरहेको छ । सार्वजनिक सवारी जोर बिजोर प्रणालीबाट सञ्चालन गर्नेबारे हाम्रो जिल्लामा छलफल भएको छ । के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । भोलि बिहान १० बजेपछि एकछिन बसेर निर्णय गर्ने कुरा भएको छ ।’

कोरोना संक्रमणदर केही कम भएपछि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई अझै खुकुलो बनाएर जाने तयारी थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप