भरतपुर महानगरले किसानलाई दियो धान रोप्ने अत्याधुनिक मेसिन
भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राइस टान्सप्लान्टर) किसानलाई हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा वृहस्पति आधुनिक एग्रो फर्मलाई एउटा मेसिन हस्तान्तरण गरिएको हो । भरतपुर महानगर २६ को दिव्य नगरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेणु दाहालले सो मेसिन एग्रो फर्मलाई हस्तान्तरण गरिन् । हस्तान्तरणसँगै मेयर दाहाल र उपमेयर ठकुरीले मेसिन मार्फत खेतमा धान रोपेका थिए ।
चितवन अन्न उत्पादनका हिसाबले धेरै उर्वर रहेको र यहाँ धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको मेयर दाहालको भनाई थियो ।
महानगर सधै कृषकको साथमा रहेको बताउँदै दाहालले यो वर्षबाट दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैया अनुदान समेत दिने निर्णय भएको बताइन् । २२ लाख ५० हजारमा खरिद गरिएको सो मेसिनले धान रोप्दा लागत आधा घट्ने बताइएको छ । मानिसको प्रयोगबाट १ बिगाहामा रोपाई गर्दा १५ हजार बढि खर्च हुने र मेसिनमार्फत रोपाई गर्दा ७ देखी ८ हजारभन्दा बढि लागत नपर्ने कृषि विज्ञ मित्रराज दवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट