बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

टोकियो ओलम्पिकमा सहभागी हुन नेपालसहित यी देशलाई कडा नियम

आइतबार, १३ असार २०७८, १७ : २२
आइतबार, १३ असार २०७८

टोकियो ओलम्पिकमा कोरोनाको जोखिम कम गर्न जापानले नयाँ योजना बनाउँदैछ । जसअनुसार डेल्टा भेरियन्टबाट प्रभावित देशसँग ओलम्पिकका लागि प्रस्थान गर्नुअघि ७ दिनसम्म दैनिक रुपमा कोरोना भाइरस परीक्षण गर्न माग गरिने एक जापानी पत्रिकाले जनाएको छ ।

 यो नयाँ नियम नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका खेलाडीका हकमा १ जुनदेखि लागु हुने जापानको चर्चित पत्रिका योमीउरी सिम्बुनले जनाएको छ, यद्यपी यस पत्रिकाले कुनै स्रोतलाई भने उद्धृत गरेको छैन । 

अहिलेको अवस्थामा टोकियो ओलम्पिकमा प्रस्थान गर्नुभन्दा चार दिन पहिले सबै विदेशी खेलाडीले दुईपटक कोभिड परीक्षण गर्नुपर्ने नियम छ । महामारीका कारण एक वर्ष ढिला भएको टोकियो ओलम्पिक २३ जुनमा सुरु हुँदैछ ।  
ओलम्पिक मिनिस्टर टामायो मारुकावाका अनुसार टोकियो आउन साथ युगान्डाको ओलम्पिक टिमका एक सदस्यमा कोरोना पोजेटिभ देखिएको थियो ।

 यी व्यक्तिमा डेल्टा भेरियन्टसँग देखिएकाले खेलका दौरान संक्रमणको नयाँ लहर फैलनसक्ने चिन्ता उनले व्यक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप