शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

१९२० जना कोरोना भाइरस संक्रमित थपिए

आइतबार, १३ असार २०७८, १७ : १३
आइतबार, १३ असार २०७८

बितेको २४ घण्टामा  थप १ हजार ९ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा  पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै सोही अवधिमा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप ३००७ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन्  । 

यसैबीच बितेको २४ घण्टामा उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप