साउनदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

आगामी साउनदेखि सरकारले सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । सर्वोच्च अदालतबाट आफुहरुको पक्षमा फैसला आएपछि विभागले साउनबाट सो नम्बर प्लेट अनिवार्य गर्न लागेको जनाएको हो । सरकारी तथा नीजि सवारी साधनका लागि यो प्लेट अनिवार्य हुनेछ ।
यातायात व्यवस्था विभागले ०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरेको थियो । तर, प्लेटमा नेपाली भाषाको अंक र अक्षर प्रयोग नभएको विषयमा विवाद सुरु भयो र यो मुद्दा सर्वोच्च अदालत सम्म पुगेको थियो ।
सरकारले इम्बोस्ड प्लेट जोड्न दुई पांग्रेको हकमा २५ सय, तीन पांग्रे साना सवारीमा दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकेको छ । ठूला सवारीले इम्बोस्ड प्लेटका लागि ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । विभागका अनुसार हालसम्म १८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा