मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ बीच पिकअप र कार्गो गाडी खरिद गर्न कर्जा सम्झौता

आइतबार, १३ असार २०७८, १६ : २७
आइतबार, १३ असार २०७८

काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ बीच टाटा ब्रान्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ।

सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्रान्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंक मार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटाका पिक अप र कार्गो गाडि ग्राहकहरुलाई ७०% सम्म कर्जासहित सजिलै प्राप्त हुने कम्पनीले जनाएको छ।

बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिने बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप