संवैधानिक इजलास : रिट निवेदक तर्फको बहस सकियो
आइतबार, १३ असार २०७८, १६ : ०७

प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो ।
निवेदकका कानुन व्यवसायीले सरकार पक्षको बहसपछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् ।
आइतबार निवेदकका तर्फबाट १६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।
आइतबार वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनाल लगायत १६ जनाले बहस गरेका छन् ।
सोमबारबाट प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा