शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल, खानामा पक्कै समावेश गर्नुहोस्

आइतबार, १३ असार २०७८, १६ : ००
आइतबार, १३ असार २०७८

धेरैजसो जोडीले समयसँगै उनीहरुको यौन जीवन निरश हुँदै गइरहेको बताउने गर्छन् । केही मानिसहरु आफ्नो सेक्स ड्राइभ बढाउनका लागि विभिन्न प्रकारका तरिका अपनाउने गर्छन् तर हरेक पटक यो सम्भव हुन सक्दैन । खानामा केही खानेकुरा समावेश गरेर तपाईं आफ्नो यौन जीवनमा एक परिवर्तन ल्याउन सक्नुहुन्छ । आउनुहोस् त्यस्ता फलबारे जानकारी लिऔं जसले यौन शक्ति बढाउनुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि टाढा राख्छ ।

खरबुजाः

यो फलको सूचीमा सबैभन्दा पहिलो नाम खरबुजाको आउँछ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । यसमा अत्यधिक एन्टीअक्सिडेन्ट र अमिनो एसिड हुन्छन् जसले रक्तसञ्चारलाई सुधार्ने काम गर्छ । खरबुजामा पाइने सिट्रूलीनले रक्त वाहिकालाई स्वस्थ राख्छ जसका कारण इरेक्टाइल डिसफंक्सनको समस्या कम हुन्छ । सिट्रूलीनमा इरेक्टाइल डिसफंक्सनलाई सुधार्ने क्षमता हुन्छ ।

कागतीः

कागतीमा अत्यधिक भिटामिन सी पाइन्छ । यसले मूड राम्रो गरेर सेक्स ड्राइभ बढाउँछ । कागतीमा पाइने तत्वले उच्च रक्तचाप कम गर्छ । इरेक्टाइल डिसफंक्सनको समस्या साधारणतया उच्च रक्तचापसँग नै सम्बन्धित हुन्छ । यसरी कागती अप्रत्यक्ष रुपमा इरेक्टाइल डिसफंक्सनलाई सुधार्ने गर्छ ।

उच्च रक्तचापबाहेक इरेक्टाइल डिसफंक्सन बढ्नुको कारण कोलेस्ट्रोल र मधुमेह पनि हुने गर्छ । हरेक दिन कागतीको सेवनले यी दुई चिजलाई नियन्त्रण गरेर सेक्स ड्राइभ निकै सजिलै बढाउन सकिन्छ ।

अनारः

अनार धेरैलाई मनपर्ने फल हो । यो फल हरेक प्रकारको पोषक तत्वले भरिपूर्ण हुन्छ । हुन त अनार हिमोग्लोबिन बढाउन र रक्त सञ्चारलाई सुधार्नका लागि पनि परिचित छ तर शोधका अनुसार यो इरेक्टाइल डिसफंक्सनको उपचारमा पनि फाइदाजनक छ । शोधमा एक गिलास अनारको जून पिउने पुरुषले सेक्स ड्राइभको मामिलामा उत्कृष्ट अनुभव गरे । यसमा पाइने एन्टीअक्सिडेन्ट पुरुषका लागि फाइदाजनक छ ।

भोगटेः

सिट्रस फलमा भोगटे सबैभन्दा बढी फाइदाजनक छ । यसमा पाइने विभिन्न तत्वले औषधीको काम गर्छ । भियाग्रामा पाइने सिल्डेनाफिल इनग्रेडियन्ट पुरुषको शरीरमा निकै सजिलै अवशोषित हुँदैन । तर यदि योसँग भोगटे पनि खाइन्छ भने यसको उत्कृष्ट परिणाम पाइन्छ । भोगटे खाँदा सिल्डेनाफिल जिकै सजिलै रगतमा मिल्ने गर्छ ।

किवीः

किवीमा सुन्तलाभन्दा बढी भिटामिन सी हुन्छ । यसबाहेक यसमा भिटामिन इ र सेरोटोनिन पनि भरपुर मात्रामा पाइन्छ । एक शोधका अनुसार किवी इरेक्टाइल डिस्फंक्सनको उपचारमा प्रयोग हुने टाडालाफिलले औषधीको नकारात्मक प्रभावलाई कम गर्छ । किवी प्रतिरोधी क्षमता बढाउन पनि निकै फाइदाजनक छ ।

केराः

केरा एउटा यस्तो फल हो जुन निकै सजिलै उपलब्ध हुन्छ । भिटामिन बीले भरपुर यो फलले स्ट्यामिना बढाउने काम गर्छ । केरा खाँदा यौन क्षमता उत्कृष्ट हुनुका साथै यसले तनाव पनि कम गर्छ । केरामा पाइने पोटासियमले सेक्स हर्मोन बढाउने काम गर्छ ।

स्याउः

एक शोधका अनुसार स्याउ यौन इच्छा बढाउनमा पनि निकै फाइदाजनक छ । यसमा पाइने पोलिफेनल्स र एन्टीअक्सिडेन्ट्सले रक्तसञ्चारलाई बढाउँछ जसका कारण यौन क्षमता उत्कृष्ट हुन्छ । स्याउले शरीरमा फिटेस्ट्रोजेन सेक्स हर्मोनलाई बढाउने काम गर्छ ।

यस्ता खानेकुराबाट टाढै बस्नुहोस्ः

यी फलले यौन क्षमता सुधार्ने काम त गर्छ भने यस्ता केही खानेकुरा छन् जसले यौन क्षमता बिगार्ने काम पनि गर्छ । यसका लागि तपाईंले अत्यधिक फ्राइड खाना, अत्यधिक बोसो भएका खानेकुरा र प्रोसेस्ड फूडबाट बच्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप