शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा मजदुर घाइते

आइतबार, १३ असार २०७८, १५ : ५३
आइतबार, १३ असार २०७८

पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना मजदुर घाइते भएका छन् । पाल्पाको तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आज दिउसो आगलागी हुँदा दुई जना श्रमिक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 प्रहरीका अनुसार लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर सवारी अलकत्रा बिछ्याउने क्रममा आगलागी हुँदा गुल्मीको इस्मा गाउँपालिका–२, का २० वर्षीय बासु मुखिया र सोही स्थानका २१ वर्षीय तेजबहादुर कुमाल घाइते भएका छन् । गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ ।

 घाइतेहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ  । जिल्ला प्रहरी कार्यालयमा  सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप