शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग
आइतबार, १३ असार २०७८, १५ : ५०
राष्ट्रियसभाका पूर्वसांसद खेम नेपाली नेतृत्वको टोलीले जातीय विभेदको पक्षपोषण गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेको छ ।
नेपालीसहितका प्रदेश १ का दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्।
जातकै कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानूनी कार्वाहीबाट जोगाउन आफै प्रहरी कार्यालयमा आएर छुटाएर लाने शिक्षा मन्त्री श्रेष्ठलाई पदमुक्त गर्नु पर्ने उनीहरुले ज्ञापनपत्रमा माग राखेका छन् ।
जातीय विभेदलाई संरक्षण गर्ने मन्त्रीलाई पदबाट नहटाएमा कडा संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
-
'हाम्रा ४५ हजारभन्दा बढी सैनिकको मृत्यु भइसक्यो, म रुससँग वार्ता गर्न चाहन्छु'