शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरद्वारा शय्याको अस्पताल स्थापना

आइतबार, १३ असार २०७८, १५ : ४३
आइतबार, १३ असार २०७८

भरतपुर महानगरपालिकाले वडा नम्बर १९ शारदानगरमा १५ शय्याको कोभिड अस्पताल स्थापना गरी आइतबारबाट सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै  १५ शय्याको कोभिड अस्पताल स्थापना गरेको हो । अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले अस्पतालको उद्घाटन गरिन् ।

पश्चिम चितवनको केन्द्र समेत पर्ने भरतपुर महानगर १९ को शारदानगरमा महानगरले आफनै अस्पताल स्थापना गर्न पाउदा निकै खुसी लागेको महानगरका प्रमुख दाहालको भनाइ थियो । अहिले ४ जना डाक्टर र अन्य स्टाफ नर्स र अरु कर्मचारीहरूबाट यहाँ सेवा दिन थालिएको छ ।

अहिले कोरोना अस्पतालका रुपमा स्थापना गरेपनि यो अस्पताल महानगरले स्थायी अस्पतालका रुपमा विकास गर्ने र यसले पश्चिम चितवनका स्थानीयलाई धेरै लाभ हुने दाहालको भनाइ छ ।

स्वास्थ्य केन्द्रको परिसरमा रहेको ५४ सालमा निर्माण भएको पुरानो भवनमा अहिले अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनमा भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारसंग पनि आफुहरुले पहल गर्ने र यो अस्पताललाई सबै हिसावले सुबिधा सम्पन्न बनाएर लैजाने प्रमुख दाहालले बताइन् । शिवनगरमा पनि १५ बेडको अस्पताल स्थापना भएको र अहिले कोरोना संक्रमित १४ जनाले त्यहाँ सेवा लिइरहेको दाहालको भनाई थियो ।  

कोभिड कहिले सम्म रहन्छ कुनै ठेगान नभएकाले कोभिड रहदा सम्म कोभिड अस्पताल हुने र त्यसपछि अरु सबै खाले सेवा दिने अस्पतालका रुपमा दुबै अस्पताललाई विकास गरिने दाहालको भनाई छ ।

संघीय सरकारको १ पालिका १ अस्पताल कार्यक्रम अन्तर्गत शारदानगरमा २५ शय्याको अस्पताल निमार्ण गर्न महानगरले चाहेपनि संघिय सरकारले त्यहाँ बजेट नदिदा नयाँ अस्पताल स्थापना गर्न नसकिएको उनको भनाई छ । अहिलेपनि आफूहरुले यसैलाई २५ शय्याको अस्पताल बनाउनु पर्छ भनेर संघिय सरकारमा खबरदारी गरिराखेको उनको भनाई थियो । 

भरतपुर महानगर उपप्रमुख पार्वति शाह ठकुरीले भरतपुर महानगरको आफ्नै अस्पतालका रुपमा विकास गर्न पाउदा खुसी लागेको बताइन् ।

१५ बेडबाट यसलाई आगामी दिनमा ५० बेड सम्म पुर्याउने उनको भनाई छ । महानगरले पहिलो प्राथमिकताका साथ यसलाई हेर्ने र बजेट विनियोजन गर्ने उनको भनाई छ । नागरिक स्वास्थ्य रहेमात्रै अरु धेरै करा गर्न सकिने भएकाले नगरबासिलाई स्वस्थ्य राख्ने आफुहरुको प्रमुख दायित्व रहेको शाहको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप