बेल्जियमविरुद्ध ३२ वर्षदेखि अपराजित छ पोर्चुगल
फिफा वरियताको पहिलो स्थानमा रहेको बेल्जियम र प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पोर्चुगलबीच आज मध्यराती १२ः४५ मा प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबीच अहिलेसम्म भएका १८ खेलमध्ये पोर्चुगल ६ खेलमा विजयी भएको छ, त्यस्तै ७ खेल बराबरीमा टुंगिएको छ भने ५ खेल बेल्जियमले जितेको छ । पछिल्लोपटक १९८९ मा विश्वकप छनोटमा बेल्जियमले पोर्चुगललाई ३–० ले हराएको थियो । त्यसयता खेलिएका ५ खेलमध्ये पोर्चुगलले ३ खेल जितेको छ भने दुई खेल बराबरीमै टुंगिएको छ ।
युरोकपमा प्रदर्शन जारी प्रतियोगितामा बेल्जियमले पहिलो खेलमा रुसलाई ३–० ले हरायो भने दोस्रो खेलमा एक शुन्यले पछि परेको स्थिती उल्ट्याएर डेनमार्कविरुद्ध २–१ को जित निकाल्यो । त्यसैगरी अन्तिम खेलमा फिनल्यान्डलाई २–० ले हरायो ।
यता, पोर्चुगलको यात्रा भने केही कठिन रह्यो । सुरुवाती खेलमा हंगेरीविरुद्ध पोर्चुगलले निकै धैर्यताविरुद्ध खेल्यो र अन्त्यमा ३–० को जित निकाल्यो । तर जर्मनीविरुद्ध ४–२ ले पराजित भएको खेलमा उसको प्रदर्शन सुदृढ थिएन । अन्त्यमा रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेको खेलमा विश्वविजेता फ्रान्सलाई बराबरीमा रोकेर पोर्चुगल समूहमा तेस्रो हुँदै अन्तिम १६ मा छानियो ।
पोर्चगलविरुद्ध १९८९ यता बेल्जियमले जित निकाल्न सकेको छैन । तर, ठूला टिमलाई हराउन सक्षम रहेको प्रमाण त बेल्जियमले २०१८ को विश्वकपमै दिएको थियो, जतिबेला उसले ब्राजिललाई २–१ ले हरायो । एलेक्स विट्सेल, इडेन हाजार्ड र केभिन डि ब्रुयानले पूर्ण फिट रहेकाले आजको खेलमा बेल्जियमले पोर्चुगललाई चुनौती भने अवश्य दिनेछ । त्यस्तै, रोमेलु लुकाकु निकै लयमा देखिएका छन् , उनले जारी प्रतियोगितामा तीन गोल गरिसकेका छन् । महत्वपूर्ण कुरा, बेल्जियमले एकजुट भएर खेल्नुपर्नेछ र क्रिष्ट्रियानो रोनाल्डोजस्ता खेलाडीलाई स्पेस दिनु हुँदैन ।
यसो भन्दैमा एउटा खेलाडीमा केन्द्रीत हुने गल्ती पनि बेल्जियमबाट हुनु हुँदैन । किनकी वर्तमान पोर्चुगलको टोलीमा एक से एक स्टार छन् । डिएगो जोटा, बर्नाडो सिल्भालगायत खेलाडीहरु कुनै पनि समय खेलको गति परिवर्तन गर्नसक्ने सामथ्र्य राख्छन् ।
के भन्छन् प्रशिक्षक ?
रोबर्टो मार्टिनेज, बेल्जियम
हामी प्रेरित र केन्द्रीत छौं । हामीले चाहेको यही हो । म हाम्रा खेलाडीको समूहमा ठूलो उत्साह र उर्जा देख्छु । पोर्चुगल त्यस्तो टोली हो, जो परिस्थितीलाई चाडैं अगिंकार गर्नसक्छ । यो ओपन वा क्लोज्ड म्याचमध्ये के हुनेछ भन्ने विषय परिस्थितमै निर्भर गर्छ । के त्यहाँ चाडैं गोल हुन्छ ? यसलै निर्धारण गर्छ ।
फर्नान्डो सान्तोष, पोर्चुगल
बेल्जियमले गोल गर्छ र दुर्लभ मात्र संघर्ष गर्छ । त्यहाँ केही विशेष प्रभावशाली खेलाडीहरु छन् । तर, बेल्जियमले कुनै खेलाडीलाई मार्क गर्नेछैन, न हामी नै गर्नेछौं । यी दुबै टोली उस्तै हुन् । यो फाइनल हो, यो जितका लागि हो, खेल्नका लागि होइन । हामीलाई थाहा छ, हामीसँग राम्रो प्रतिस्पर्धी छ । हामीलाई आशा र विश्वास छ, कि हामी राम्रो हुनेछौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी