मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी

आइतबार, १३ असार २०७८, १२ : ४८
आइतबार, १३ असार २०७८

काठमाडौं । अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ । 

बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनोअलरिङ्गले सातदोबाटो स्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा आयोजित ओलम्पिक डे २०२१ को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

दराज अलिबाबा समूहको एक हिस्सा हो । अलिबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो । यस साझेदारीले दराज र एनओसी बीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । सहभागी २०७ देशमध्ये नेपाली खेलाडीले आफ्नो मिहिनेत, जोसका साथ सपना पूरा गर्ने लक्ष्य सहित प्रदर्शन गर्ने आशा राखेको पनि उनले बताए । उनले दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए । 

दराजको माध्यमबाट नेपाली दर्शकले पनि जुलाई २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिक हेर्न, यसबारे सुसूचित हुने र विभिन्न सामाजिक संजाल र अन्य माध्यमबाट सहभागी गराउने प्रयास रहने श्रेष्ठले बताए । 

दराजका  प्रबन्ध निर्देशक लिनोअलरिङ्ग,ले अहिले कोभिड–१९ को यस कठिन समयमा सबैको जीवनमा असर पर्दा पनि यसले केहि खुसी दिने प्रयास गरेको बताए । उनले टोकियोमा हुने ओलम्पिक खेलका लागि यस सहकार्यमा साथ दिन पाउँदा गौरव महसुस गरिरहेको पनि बताए ।

टोकियो २०२० समर ओलम्पिक २३ जुलाई देखि सुरु हुँदैछ । २ सयभन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?