कोरोनाले बन्द ओपिडी सेवा सञ्चालनमा
जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।
अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लाग्ने गरेको बताइएको छ । ओपिडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए । उनका अनुसार अहिले पुनः सञ्चालनमा आएको ओपिडी सेवा साविक बमोजिम सञ्चालन हुनेछ । जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर बढ्दै गएपछि गत वैशाखबाट अस्पतालको ओपिडी सेवा बन्द भएको थियो ।
कोरोना सङ्क्रमित बढ्दै गएका कारण उनीहरुलाई राख्ने ठाउँ नभएको र ओपिडी सुचारु गरे कोरोना सर्ने डरले केही महिना सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताए । जिल्लामा कोरोना सङ्क्रमणका कारण हाल सम्म ११ व्यक्तिको ज्यान गएको छ भने एक हजार २०० भन्दा बढी सङ्क्रमित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना