एमाले प्रवक्ता भन्छन् – एकता जोगाउन हामी प्रयत्नशील छौँ, आशा मारेका छैनौँ
नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकताको आशा कायमै रहेको बताएका छन् । आइतबार स्थायी समितिको बैठकपछि प्रवक्ता ज्ञवालीले केही नेताहरु विपक्षीलाई काँधमा राखेर उनीहरुलाई शक्तिशाली बनाउने प्रयासमा लागेपनि धेरैे नेता कार्यकर्ता एमाले एकताकै पक्षमा रहेकाले प्रयत्न र प्रयास जारी राखिएको बताए ।
‘एकतालाई मध्यनजर गरेर अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २३ गते आह्वान गर्नुभएको छ । त्यसैमा आधारित भएर अहिले छलफलहरु जारी छन्’, प्रवक्ता ज्ञवालीले भने । उनले कतिपय नेताका व्यवहार एकतासँग मेल नखाने खालका भएको भन्दै त्यसले एमालेलाई जोगाउन नसक्ने बताए ।
‘सीमित नेताहरुको यस्तो चाहना होला । तर, देशैभरका कार्यकर्ता र जनताको चाहना, स्थिरता र स्थायित्वका पक्षधर कसैको पनि चाहाना एमाले विभाजनको चाहना होइन । त्यसो भएर जनताको चाहनासँग उहाँहरुका क्रियाकलाप मेल खाएका छैनन्’, उनले भने, ‘हामी एकता जोगाउन प्रयत्नशील छौ, आशा मारेका छैनौं । तर अव नेताहरु के गर्नुहुन्छ आन्दोलन र व्यक्तिगत जीवलाई कसरी लानुहुन्छ यो भविष्यले निर्धारण गर्ला ।’
बैठकमा गत जेठ २७ गते सर्वोच्चले गरेको फैसलाका बारेमा समेत छलफल भएको छ ।
त्यसविरुद्धको एमाले भ्याकेटमा गैसकेको छ । बैठकले जेठ २७ को फैसला त्रुटिपूर्ण भएपनि मानेर नै चलेको भन्दै कानुनभन्दा बाहिर गएर गएको फैसला नटिक्ने एमालेको ठहर छ । एमालेले पार्टी नेताहरुलाई गरेको कारवाही बाध्यात्मक परिस्थितिमा गरेको भन्दै यसबारे कुनै निर्णय गर्नुपरेको खण्डमा गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
