शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्मी मौसममा कब्जियत र रोग प्रतिरोधात्मक क्षमता बढाउन मही, अन्य ६ फाइदा

आइतबार, १३ असार २०७८, ११ : १८
आइतबार, १३ असार २०७८

चिसो पानी, चिसो पेयपदार्थ, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसमका लागि निकै फाइदाजनक हुन्छ । बजारमा सजिल्यै पाइने विभिन्न प्रकारका चिसो पेयपदार्थहरुले शरीरमा अनेकन् प्रकारका बिरामीहरु पैदा गराउँछ । त्यसैले मही गर्मी मौसमका लागि निकै फाइदाजनक मानिन्छ । 

मही घरमा नै बनाउन सकिने पेयपदार्थ हो । यो स्वादिष्ट मात्र होइन शरीरका लागि फाइदाजनक पनि हुन्छ । बजारमा पनि मही सजिल्यै पाइन्छ । हरेक दिन यसको सेवनले गर्मी मौसममा आउने विभिन्न प्रकारका समस्यामा फाइदाजनक मानिन्छ । 

हरेक दिन मही पिउँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले गर्मीमा सहज तरिकाले खाएका खानेकुरा पाचन हुन्छ । 

अन्य फाइदाहरुः 
१.महीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ । 
२. कब्जियत र पाचन प्रक्रियासँग जोडिएका धेरै समस्याहरुको समाधान गर्छ । 
३. महीको सेवनले खाने तरिकामा पनि सन्तुलन गराउँछ । 
४. भिटामिन र लवणका लागि मही पिउन आवश्यक छ ।
५. शरीरलाई मोइश्चर बनाउँनका लागि मही पिउन आवश्यक छ । 
६. शरीरको तापक्रम सही राख्नका लागि पनि मही पिउन आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप