भारतमा ४९ हजार बढी संक्रमित फेला, १२५५ जनाको मृत्यु

भारतमा शनिबार ४९ हजार ७०१ कोरोना संक्रमित फेला परेका छन् भने ५७ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् । थप १ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो १५ दिनमा भारतमा ५ लाख ३७ हजार ४१८ जना सक्रिय संक्रमित कम भएका छन् । १० जुनमा ११ लाख १८ हजार ८१८ सक्रिय संक्रमित रहेकोमा हाल यो संख्या घटेर ५ लाख ८१ हजार ३३७ पुगेको छ ।
भारतमा हालसम्म ३.०२ करोड संक्रमित भइसकेका छन् भने २.९२ करोड निको पनि भएका छन् । हालसम्म कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३.९५ लाख पुगेको छ ।
अहिले पनि भारतका १० राज्यमा पूर्ण लकडाउन जारी छ । यसमा पश्चिम बंगाल, हिमाचल प्रदेश, झारखन्ड, छत्तीसगढ, ओडिसा, कर्नाटक, तमिलनाडु, मिजोरम, गोवा र पुडुचेरी रहेका छन् । २१ राज्य र केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन रहेको छ । यसबीच तेलंगाना सरकारले राज्यमा २० जुन देखि लकडाउन पूर्णरुपमा हटाएको छ । लकडाउन हटाउने तेलंगाना भारतको पहिलो राज्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट