बालसुधार गृहबाट चार बालक फरार, एक पक्राउ
विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार भएका छन् ।फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् ।
तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो ।
बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बालक पक्राउ परेका हुन् ।
भागेका अन्य तीन जना अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको उनले जानकारी दिए । फरार हुने अरु २ जना जवरजस्ती करणी मुद्दाका कैद सजाय पाएका र एक जना हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि रहेका बालक हुन् ।
उनीहरुको खोजी जारी राखिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । ‘फरार मध्ये एक जना पक्राउ परेका छन्,’ उनले भने, ‘अरूको पनि खोजी कार्यमा प्रहरी जुटेको छ ।’
सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको थिए । कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहबाट एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म