शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा निःशुल्क डायलिसिस सेवा

आइतबार, १३ असार २०७८, ०९ : ५०
आइतबार, १३ असार २०७८

मकवानपुर । हेटौंडा अस्पतालले भोली सोमबारबाट मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क रुपमा डायलिसिस सेवा सुरु गर्ने भएको छ । 

अस्पतालले तत्कालका लागि दैनिक १० जना मिर्गौलाका बिरामीहरुलाई सेवा दिने उद्देश्यका साथ हेटौंडा अस्पतालले डायलिसिस सेवा सुरु गर्ने तयारी गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार हेटौंडा अस्पतालमा डायलिसिस सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

करिव ५ करोड रुपैयाँ लागतमा अस्पतालले निःशुल्क रुपमा मिर्गौलाका बिरामीहरुलाई लक्षित गरी डायलिसिस सेवाको सुरुवात गर्ने तयारी गरेको चौलागाईंले बताए ।

उनका अनुसार, हेटौंडा अस्पतालमा तत्काल ५ वटा डायलिसिस मेसिन प्राप्त भएको र उक्त मेसिनलाई नेफ्रोलाजिष्ट डाक्टरको संयोजकत्व दैनिक २ पटक बिहान र साँझ संचालन गरी मिर्गौलाका बिरामीहरुलाई सेवा प्रदान गरिने छ । अस्पतालमा डायलिसिस सेवा संचालनका लागि हेटौंडा उप-महानगरपालिकाबाट ३ वटा, बहुराष्ट्रिय कम्पनी युनिलिभर र शिभम् सिमेन्टबाट वटा डायलिसिस मेसिन प्राप्त भएको चौलागाईंले बताए । 

आगामी १ महिना भित्र थप ३ वटा डायलिसिस मेसिन ल्याएर मिर्गौलाका बिरामीहरुलाई सेवा दिने लक्ष्यसहित अस्पताल संचालन तथा व्यवस्थापन समिति लागिपरेको उनले बताए ।

हेटौंडा अस्पतालमा डायलिसिस सेवा संचालनका लागि ३ वर्ष अगाडी नै तयार पारिएको भवनमा मेसिन जडान गरिएको उनले बताए । यस अघि उक्त भवन प्रशासनिक कार्य र छोटो अवधिका स्वास्थ्य जाँच सम्बन्धी कार्यक्रमहरु संचालन गरिदै आएको थियो ।

अस्पतालमा डायलिसिस सेवा संचालनको सम्पूर्ण खर्च हेटौंडा उपमहानगरपालिकाले व्यहोर्ने र स्वास्थ्यकर्मी व्यवस्थापन भने अस्पतालले गर्ने चौलागाईंले बताए । 

करिव ८ महिना अगाडी नै तत्कालिन प्रकाश पौडेल नेतृत्वको अस्पताल व्यवस्थापन समितिले हेटौंडा अस्पतालमा डायलिसिस सेवा संचालन गर्नु पर्ने भए पनि कोरोनका संक्रमणको जोखिमका कारण ढिला हुन गएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप