वैकल्पिक खेलाडीको गोलमा इटलीको नयाँ इतिहास
अतिरिक्त समयमा अस्ट्रियालाई २–१ ले हराउँदै इटलीले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । पछिल्ला ३० खेलदेखि अपराजित इटलीले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेल्यो । तर अतिरिक्त समयको पहिलो हाफमै दुई गोल ग-यो ।
इटलीका लािग ९५ मिनेटमा वैकल्पिक खेलाडी फेडरिको चिसाले अग्रता दिलाए । त्यसपछि १ सय ५ औं मिनेटमा माटियो पेस्सिनाले अर्को गोल थपे, उनी पनि वैकल्पिक खेलाडीकै रुपमा मैदान छिरको थिए । अस्ट्रियाले १ सय १४ मिनेटमा गोल फर्कायो । सासा कालज्जिकले उसका लागि गोल गरे ।
यससँगै लगातार ११ गोलसम्म कुनै गोल नखाएको इटलीको किर्तिमान भने भंग भयो । तर, आफ्नो अपराजित यात्रा ३१ खेलसम्म कायम राख्दै क्वाटफाइनलमा स्थान बनाउन भने इटली सफल भयो । यो इटलिको सबैभन्दा लामो अपराजित यात्रा हो । यसअघि १९३० को दशकमा ३० खेलसम्म इटली अपराजित थियो र यही समय उसले ओलम्पिक स्वर्ण र विश्वकप जितेको थियो । युरोकपमा पछिल्ला चार
संस्करणमा इटलीले लगातार अन्तिम आठको यात्रा गरेको हो ।
यस्तो छ अपराजित रहनेहरुको सुची
– ब्राजिल र स्पेनका नाममा सर्वाधिक खेलमा अपराजित रहने किर्तिमान छ । ब्राजिल १९९० को दशकमा र स्पेन २००७ देखि २००९ सम्म ३५ खेलसम्म अपराजित थिए ।
– अब, ३१ खेलसम्म अपराजित रहने किर्तिमान इटली र अर्जेन्टिनाका नाममा संयुक्त रह्यो । ९० को दशकमा अर्जेन्टिना पनि ३१ खेलसम्म अपराजित थियो ।
– वर्तमान विश्वकपमा इटली सर्वाधिक खेलसम्म अपराजित रहने टोली हो । २०१८ सेप्टेम्बरदेखि इटलीलाई कसैले हराउन सकेको छैन । इटलीको नजिक अल्जेरियामात्रै छ, यो टोली पनि २७ खेलसम्म अपराजित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण