आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वैकल्पिक खेलाडीको गोलमा इटलीको नयाँ इतिहास

आइतबार, १३ असार २०७८, ०७ : ०४
आइतबार, १३ असार २०७८

अतिरिक्त समयमा अस्ट्रियालाई २–१ ले हराउँदै इटलीले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । पछिल्ला ३० खेलदेखि अपराजित इटलीले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेल्यो । तर अतिरिक्त समयको पहिलो हाफमै दुई गोल ग-यो ।

इटलीका लािग ९५ मिनेटमा वैकल्पिक खेलाडी फेडरिको चिसाले अग्रता दिलाए । त्यसपछि १ सय ५ औं मिनेटमा माटियो पेस्सिनाले अर्को गोल थपे, उनी पनि वैकल्पिक खेलाडीकै रुपमा मैदान छिरको थिए । अस्ट्रियाले १ सय १४ मिनेटमा गोल फर्कायो । सासा कालज्जिकले उसका लागि गोल गरे ।

यससँगै लगातार ११ गोलसम्म कुनै गोल नखाएको इटलीको किर्तिमान भने भंग भयो । तर, आफ्नो अपराजित यात्रा ३१ खेलसम्म कायम राख्दै क्वाटफाइनलमा स्थान बनाउन भने इटली सफल भयो । यो इटलिको सबैभन्दा लामो अपराजित यात्रा हो । यसअघि १९३० को दशकमा ३० खेलसम्म इटली अपराजित थियो र यही समय उसले ओलम्पिक स्वर्ण र विश्वकप जितेको थियो । युरोकपमा पछिल्ला चार 
संस्करणमा इटलीले लगातार अन्तिम आठको यात्रा गरेको हो । 

यस्तो छ अपराजित रहनेहरुको सुची 

– ब्राजिल र स्पेनका नाममा सर्वाधिक खेलमा अपराजित रहने किर्तिमान छ । ब्राजिल १९९० को दशकमा र स्पेन २००७ देखि २००९ सम्म ३५ खेलसम्म अपराजित थिए । 
–  अब, ३१ खेलसम्म अपराजित रहने किर्तिमान इटली र अर्जेन्टिनाका नाममा संयुक्त  रह्यो । ९० को दशकमा अर्जेन्टिना पनि ३१ खेलसम्म अपराजित थियो । 
–  वर्तमान विश्वकपमा इटली सर्वाधिक खेलसम्म अपराजित रहने टोली हो । २०१८ सेप्टेम्बरदेखि इटलीलाई कसैले हराउन सकेको छैन । इटलीको नजिक अल्जेरियामात्रै छ, यो टोली पनि २७ खेलसम्म अपराजित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप