बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

वेल्सविरुद्ध डेनमार्कको गोल वर्षा

शनिबार, १२ असार २०७८, २३ : ५८
शनिबार, १२ असार २०७८

वेल्सलाई पराजित गर्दै डेनमार्क यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ को पहिलो खेलमा डेनमार्क ४-० को विशाल अन्तरले विजयी भएको हो ।

डेनर्माकलाई जीत दिलाउन कास्पर डोल्बर्गले दुई गोल गरे । त्यस्तै, जोआकिम माहले तथा मार्टिन ब्राथवेटले एक-एक गोल गरे । निकै प्रतिस्पर्धात्मक पहिलो हाफको २७ औँ मिनेटमा डोल्बर्गले डेनर्माकलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा नै उनले डेनमार्कको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा माहालेले अर्को गोल थपे । खेलको अन्त्यमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै ब्राथवेटले इन्जुरी समयमा अर्को गोल थपे ।

अब अर्को शनिबार बाकुमा हुने क्वार्टरफाइनल खेलमा डेनमार्कले नेदरल्याण्ड र चेक रिपब्लिकबीचको विजेतासँग भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप