कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने
कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गरेको छ । आव २०७८/७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालिकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो ।
“विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ”, नगर प्रमुख कर्णबहादुर हमालले भने, “अरुमा आश्रित भएर बस्नु नपरोस् भनेर यो व्यवस्था गरिएको छ ।”
योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति नगरपालिकाले लिएको छ । हिंसामा परेकालाई व्यवस्थापन गर्न सेवा केन्द्र भवनको निर्माण गर्न सुरुआत गरिने भएको छ । नीति तथा कार्यक्रममा विभिन्न घटना, दुर्घटनामा परी ज्यान गुमाएका नगरवासीका आश्रित परिवारलाई आवश्यक सहयोग गरिने उल्लेख छ । कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ९२ करोड ५६ लाख ४२ हजारको बजेट नगर सभामा पेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान