बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्रिवि र मदन भण्डारी​ फाउण्डेशनबीच छात्रवृत्तिमा समझदारी

शनिबार, १२ असार २०७८, २० : ५९
शनिबार, १२ असार २०७८

त्रिभुवन विश्वविद्यालयका विभिन्न विभाग र मदन भण्डारी फाउण्डेशनबीच विद्यार्थीलाई अध्ययन र अनुसन्धानका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।

फाउण्डेशनद्वारा आज आयोजित ‘जनताको बहुदलीय जनवाद र शिक्षामा अनुसन्धानको महत्व’  विषयक छलफल कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाका उपस्थितिमा फाउण्डेशनका सचिव पेम्बा लामा तथा विश्वविद्यालयका विभिन्न विभागका प्रमुखबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारले फाउण्डेशनले ल्याउने उपर्युक्त योजना र प्रस्तावमा सहकार्य गर्न सक्ने बताए । 

त्रिविका भौतिक शास्त्रका प्रा डा विनिल अर्यालले नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमै रहेका विश्वविद्यालयमध्ये ८००–१००० श्रेणीभित्र पर्न सफल भएको र यो क्रम सुधारोन्मुख रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप