शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

शनिबार, १२ असार २०७८, २० : ४५
शनिबार, १२ असार २०७८

दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।
 
आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही–तुलसीपुर सडकखण्ड ठप्प छ । पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप