बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा ३५२ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

शनिबार, १२ असार २०७८, १८ : ४७
शनिबार, १२ असार २०७८

गण्डकी प्रदेशमा थप ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३९४ जनाको नमुना परिक्षण गरिएकामा ३५२ जनामा संक्रमण देखिएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरिएको नमूना परिक्षणमा १७९ पुरुष र १७३ जना महिलामा संक्रमण देखिएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ११२, म्याग्दीका ३३, पर्वत १, गोरखा ६,लमजुङ ४१, तनहुँ ६२, बाग्लुङ १७, स्याङ्जामा १४ र नवलपुरका ६६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ हजार २७३ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५०  हजार ६०७ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनका अनुसार बागलुङमा र नवलपसारी पूर्व २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९२३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप