प्रधानमन्त्री पदका लागि विपक्षी मोर्चामा एकताबद्ध भएको होइनः माधव नेपाल
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ५ दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताएका छन् ।
संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताएका हुन् । एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उनले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिए । आफूले विगतमा पार्टी भित्र समस्या देखिने वित्तिकै जिम्मेबारीबाट आफु मुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्ता मोहमा लिप्त भएको टिप्पणी गरे ।
उनले भने “हाम्रो लडाई केपी ओली व्यक्ति विरुद्धको लडाईं होइन । केपी ओली प्रवृत्ति विरुद्धको लडाईं हो । जब सत्ता, शक्ति र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । केपी ओलीजीमा त्यही सत्ताको, शक्तिको र पैसाको मात लागेको छ । तानाशाहहरू डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिदा रहेछन् । हाम्रो देशमा पनि केपी ओलीको रुपमा नयाँ चरित्र हामीले पाएका छौ । त्यही पार्टीभित्र हामी पनि रहेका हौ । पार्टीभित्र समस्या हुने वित्तिकै राजीनामा दिएका थियौ प्रधानमन्त्रीबाट । नैतिकताको आधारमा पार्टीको प्रमुख पदबाट राजीनामा दिएका थियौ । तर केपी ओलीलाई सत्ता भइरहेपछि त्यो भन्दा बाहेक केही पनि छैन । त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी नै भाँचिदिन्छु । न रहे बाँस न बजे बासुरी । ”
प्रधानमन्त्री ओलीले विगतमा पनि आफु, पुष्पकमल र बामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दै उनले अब भने कुनै पनि किसिमले विचलित नहुने स्पष्ट पारे ।
उनले भने, “प्रधानमन्त्रीको पद दिएपछि माधव कुमार नेपालको मन विचलित हुने हो कि खुट्टा काम्ने हो कि ? समय छैन अब । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संविधान र परिर्वतनको पक्षमा उभिएको र त्यसैमा उभिनुपर्छ भन्ने मान्यता बोकेर अघि बढेको हो । ओलीले गलत नीति, गलत विचार, चिन्तन र प्रवृत्ति छोडेर बुद्ध भएर फर्कनुहुन्छ भने ठिक छ । हुन त मलाई त्यत्ति विश्वास त छैन । ”
उनले आफू कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफुले गठबन्धनलाई धोका नदिने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण