शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुर र  राजापुर जोड्ने पुल भासियो

शनिबार, १२ असार २०७८, १८ : ०६
शनिबार, १२ असार २०७८

कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने  कर्णाली नदीको  पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको  राजापुर क्षेत्र  भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । उनले भासिएका स्थानमा मर्मत प्रयास भइरहेको बताए । 

कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको  स्थानीय भीम बिकले जानकारी दिए।   पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप