शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीलंकाबाट उद्दार गरिएका २५ नेपाली महिला माइती नेपालमा

शनिबार, १२ असार २०७८, १७ : २९
शनिबार, १२ असार २०७८

अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपाली महिलाको उद्दार भएको छ । भारतको बाटो हुँदै त्यहाँ पुर्याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी  स्वदेश फिर्ता ल्याउन सफल भएको हो । 

लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप स्वास्थ्य उपचारसहितको स्वास्थ्य सेवा प्रदान गरिएको माइती नेपालले जनाएको छ । 
माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले शनिबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्दारका लागि पहल गरिँदै आएकोमा बिहीबार उनीहरुलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ । 
यसअघि केही पहिलो पनि सरकारले श्रीलंकाबाटै ४ महिलाको उद्दार गरेर पारिवारिक पुनर्मिलन गराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप