इटलीले तोड्ला आफ्नै कीर्तिमान ?
युरोकप फुटबल अन्तर्गत अन्तिम १६ मा इटली र अस्ट्रिया प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्डको बिम्बलीमा यो खेल मध्यराति १२ः४५ बजे हुनेछ ।
प्रतियोगिताको समूह चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन इटलीको रह्यो । उसले कुनै खेलमा पनि गोल खाएन र सबै तीनवटै खेल जित्यो ।
इटलीले पछिल्ला ११ खेलमा गोल खाएको छैन । रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको यो टोली २०१८ को सेप्टेम्बरदेखि ३० खेलमा अपराजित छ । भिट्टोरियो पोज्जोको प्रशिक्षणमा सन् १९३५ देखि १९३९ सम्म पनि इटली ३० खेलमा अपराजित थियो र यस अवधिमा उसले विश्वकप र ओलम्पिक खेलकुदमा स्वर्ण जित्यो ।
अहिलेको इटलीले कुनै उपाधि जित्न सकेको छैन । तर, आजको खेल जित्न सकेमा इटलीले ३० को दशकको त्यो कीर्तिमान भंग गर्दै अपराजित खेलसंख्यालाई ३१ मा पु¥याउने छ ।
विश्व फुटबलको कुरा गर्दा ब्राजिल र स्पेन सर्वाधिक ३५ खेलसम्म अपराजित रहेको इतिहास छ । ब्राजिलले १९९३ देखि ९६ सम्म तथा स्पेनले २००७ देखि २००९ सम्मको अवधिमा यो उपलब्धि हासिल गरेका थिए । यता, १९९१ देखि १९९३ सम्म अर्जेन्टिना पनि ३१ खेलमा अपराजित थियो ।
इटलीले समूह चरणमा टर्की, स्विचरल्यान्ड र वेल्सविरुद्ध जीत हासिल गरेका थियो । यता, सुरुवाती खेलमा उत्तरी मेसिडोनियालाई ३–१ ले सहजै हराएको अस्ट्रिया नेदरल्यान्डस्सँग २–० ले पराजित भयो भने अन्तिम खेलमा युक्रेनविरुद्ध १–० को जित निकाल्न सफल भयो । आज पनि अस्ट्रियाले यस्तै खेल देखाउनुपर्छ ।
के भन्छन् प्रशिक्षक ?
रोबर्टाे म्यान्सिनी, इटलीः अस्ट्रिया निकै आक्रामक छ । उनीहरु निकै स्तरीय छन् । हामीले निकै ठूलो खेल खेल्नुछ । यो प्रतिस्पर्धाको यस्तो ठाउँ हो, जहाँ तपाईले कुनै गल्ति गर्नुहुँदैन । प्रतियोगिताको सुन्दरता नै यही हो । तपाईले बल जफ्तीपूर्वक जित्नुपर्छ, अर्को विकल्प छैन ।
फ्रान्को फोडा, अस्ट्रियाः टोलीले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । हामी अन्तिम १६ मा छौं र म्युनिखमा हुने क्वाटरफाइनलमा छनोट हुनका लागि जे गर्नुपर्छ, हामी त्यो सबै गर्न चाहन्छौं । हामी पूर्ण आत्मविश्वासी छौं । इटलीसँग यस्तो टोली छ, जसले मलाई अत्याधिक प्रभावित गरेको छ । उनीहरु राम्रो आक्रमण गर्छन्, उनीहरुको पोजिसनिङ ठिक र एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा पनि उनीहरु निकै बलियो छन् । समूहको अन्तिम खेलमा टोलीमा ठूलो हेरफेर गरेर पनि उनीहरु निकै शक्तिशाली देखिए । उनीहरु खतरनाक टोली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिबन्ध खेपिरहेका बेन्टनकुरले म्यानयु र लिभरपुलविरुद्धको खेल पनि गुमाउने
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा