काठमाडौँका वरिष्ठ ज्येष्ठ नागरिकको घरमै १२ हजार विशेष भत्ता
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि वरिष्ठ जेष्ठ नागरिकलाई १२ हजार विशेष भत्ता वितरणका लागि घरसम्मै पुग्न थालेका छन् । जसले आफूहरुलाई सहज भएको जेष्ठ नागरिकहरुले बताएका छन् । जेष्ठ नागरिक अशोककुमार हुँमागाई, गुणराज सुवेदी र खड्गबहादुर पौडेलले एकै स्वरमा महानगर विशेष ज्येष्ठ नागरिक भत्ताले धेरै ठूलो सहायता भएको बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफु निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ जेष्ठ नागरिक भत्ता दिने घोषणा गरेका थिए । महानगरपालिकाले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार ०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिला–पुरुष दुबै जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ट दिदैँ आएको छ ।
यो वर्ष मात्रै काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ जेष्ठ नागरिक भत्ता उपलब्ध गराउने तयारी भएको महानगरपालिकाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा